Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विद्युत प्राधिकरणले पनि थाल्यो खर्च कटौती

विद्युत प्राधिकरणले पनि थाल्यो खर्च कटौती

  • बिहिवार, जेठ ४ २०८०

  • 447
    SHARES

  • विद्युत प्राधिकरणले पनि थाल्यो खर्च कटौती

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पनि खर्च कटौती सुरु गरेको छ। प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरु, निर्देशनालय र विभागमा विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरु गरेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको जानकारि दिनुभयो । परिपत्रअनुसार प्राधिकरणले कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

    प्राधिकरणमा गाडी प्रयोगमा धेरै विकृति र विसंगति रहेको प्राधिकरणका कर्मचारीहरु बताउँछन्। १० तहभन्दा माथिका कर्मचारीले मात्र गाडी सुविधा व्यवस्था भएता पनि दबाब र पहुँचका आधारमा त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले समेत गाडी सुविधा पाइरहेको प्राधिकरणका एक कर्मचारीले बताउछन्।

    ति कर्मचारी भन्छन्, ‘प्राधिकरणमा गाडी सुविधा चरम दुरुपयोग छ, विदाका दिन गाडी पाएका कर्मचारीले आफ्ना परिवारलाई घुमाउन प्रयोग गरिरहेका हुन्छन् यसलाई नियन्त्रण गर्न सकियो भने मात्रै पनि ठूलो रकम जोगाउन सकिन्छ’, उनि भन्छन्, ‘सार्वजनिक विदाको दिन कार्यकारी निर्देशकको सिफारिसमा मात्र सार्वजनिक विदाका दिन सवारी अनुमतिपत्र लिने व्यवस्था गरिएको छ, यसलाई व्यक्ति हेरेरभन्दा पनि आवश्यकता र औचित्यका आधारमा अनुमतिपत्र दिन थालियो भने अहिलेको विकृति रोक्न सकिन्छ ।’

    प्राधिकरण परिसरभित्र रहेका कार्यालयहरुमा काम गर्ने कर्मचारीलाई २५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था छ।यसका लागि महिनामा २१ दिनको हाजिर अनिवार्य गरिएको छ।माथिल्लै तहका कर्मचारीहरु २१ दिनको हाजिर नपुग्ने अवस्थामा भत्ता खानाकै लागि काज हाजिर लिने गरेको प्रशासन निर्देशनालयका एक अधिकारीले बताए ।


    बिहिवार, जेठ ४ २०८००३:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij