Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आयल निगमद्वारा पेट्रोल तस्करी गर्ने ट्यांकर चालकलाई प्रतिबन्ध

आयल निगमद्वारा पेट्रोल तस्करी गर्ने ट्यांकर चालकलाई प्रतिबन्ध

  • सोमवार, जेठ १ २०८०

  • 357
    SHARES

  • आयल निगमद्वारा पेट्रोल तस्करी गर्ने ट्यांकर चालकलाई प्रतिबन्ध

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोल तस्करी गरेको भन्दै ट्यांक चालकलाई ढुवानी गर्ने कार्यमा सधैंका लागि प्रतिबन्ध लगाएको छ। क्षमताभन्दा बढी पेट्रोल बोकेर तस्करी गरेको पाइएपछि नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै करबाही गरेको जानकारी दिएको छ ।

    ‘ट्रकको क्षमता र इण्डियन आयल कर्पोरेसनको इनभ्वाइसमा उल्लेख भएको २० किलोलिटर परिमाणभन्दा बढी पेट्रोल ढुवानी गरेकोले भैरहवा भन्सार कार्यालयबाट उक्त ट्यांकरलाई नियन्त्रण लिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    उक्त ट्यांकर श्री एक्सप्रेस परिवहन सेवा प्रालीको नाममा रेहेको लु २ ख ४८३९ नम्बरको रहेको आयल निगमले जनाएको छ। निगमले ढुवानी कर्ता र चालकालाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार कारबाही गरेको छ।

    उक्त विनियमावली अनुसार ट्रकको ढुवानी रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निगमले जनाएको छ। यस्तै, उक्त ट्रकलाई ढुवानी गर्नलाई ३ महिनाको लागि निलम्बन गर्ने निगमले निर्णय गरेको छ।


    सोमवार, जेठ १ २०८०१२:४६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij