Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणको बयान लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणको बयान लिइँदै

  • सोमवार, जेठ १ २०८०

  • 644
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँणको बयान लिइँदै
    काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आज बयान लिइने भएको छ । 
     
    वैशाख २७ गते नै पक्राउ परेका खाँणको बयान हुन सकेको थिएन । घटनाका सम्बन्धमा प्रहरीले सोधपुछ गरे पनि उनको बयान भने ‘रेकर्ड’ गरिएको थिएन । 
     
    सरकारी वकिल समेतको उपस्थितमा प्रहरीले आज खाँणको बयान लिन लागेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आज दिनभर बयान गर्न भनेर हिजो नै निर्देशन दिनुभएको थियो । 
     
    सम्भव भएसम्म खाँणको बयान आज नै सक्ने प्रहरीको तयारी छ ।  प्रहरीले अबको २ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
     


    सोमवार, जेठ १ २०८००८:१७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij