Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आजदेखि एमडीएमएस लागू, वैदेशिक रोजगारीबाट फर्केकाले दुई वटा मोबाइल ल्याउन पाउने 

आजदेखि एमडीएमएस लागू, वैदेशिक रोजगारीबाट फर्केकाले दुई वटा मोबाइल ल्याउन पाउने 

  • सोमवार, जेठ १ २०८०

  • 346
    SHARES

  • आजदेखि एमडीएमएस लागू, वैदेशिक रोजगारीबाट फर्केकाले दुई वटा मोबाइल ल्याउन पाउने 
    काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागू गरे पछि दुई वटासम्म मोबाइल नेपाल ल्याउन पाउने भएका हुन् ।
     
    ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइल ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सूचनामा भनिएको छ । तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागको भनाई छ ।
     
    निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन् ।
     
    ‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन्।’
     
    यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किदा नागरिकता वा राहदानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
     


    सोमवार, जेठ १ २०८००७:३८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij