Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संघीयता र धर्मनिरपेक्षता खारेजी एमालेको धारणा होइन : पद्मा अर्याल

संघीयता र धर्मनिरपेक्षता खारेजी एमालेको धारणा होइन : पद्मा अर्याल

  • आइतवार, बैशाख ३१ २०८०

  • 548
    SHARES

  • संघीयता र धर्मनिरपेक्षता खारेजी एमालेको धारणा होइन : पद्मा अर्याल
    काठमाडौं । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले संघीयता र धर्मनिरपेक्षताको खारेजी आफ्नो पार्टीको धारणा नभएको स्पष्ट पार्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रममा नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै अर्यालले भन्नुभयो,  ‘एमाले केन्द्रीय कमिटीको पाँचौं बैठकमा मिसन ग्रासरुट अभियानको सातवटै प्रतिवेदनमा छलफलमा केही साथीहरूले संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने विचार ल्याएको भन्ने सुनियो । तर संघीयता हाम्रो साझा प्रतिबद्धता हो । यसलाई सबै मिलेर बलियो बनाउनु पर्छ । कुनै पनि प्रणाली आफैंमा गलत होइन । यसलाई परिपक्व बनाउने र सच्चाउने दिशातिर लैजानुपर्छ र मुलुकमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हाम्रो अडान कायमै छ,।’ 
     
    नेतृ अर्यालले एमालेको सल्लाह र आडमा पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन नभएको पनि बताउनुभयो । उहाँले रायमाझीलाई खोज्ने काम प्रहरीकै भएको पनि औंल्याउनुभएको छ ।
     
    राज्यको संकल्प हुने हो भने लडाकु शिविरको छानबिन हुन सक्ने अर्यालको जिकिर छ । उहाँले भन्नुभयो, ‘यो प्रश्न आज मात्र उठेको होइन । विगतदेखि नै उठिरहेको छ । त्यसलाई किन बाँकी राखिरहनुपर्‍यो ? त्यो मात्र होइन वाइडबडी र एनसेलको पनि छानबिन गरौं  न ।’ आफूहरू सरकारमा भएको बेला मातातीर्थ, बालुवाटार काण्डको छानबिन गरेको दृष्टान्त पनि उहाँले दिनुभयो । 
     


    आइतवार, बैशाख ३१ २०८००८:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij