Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विश्वविद्यालयको इतिहास सार्वजनिक

त्रिभुवन विश्वविद्यालयको इतिहास सार्वजनिक

  • शनिवार, बैशाख ३० २०८०

  • 1.4K
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको इतिहास सार्वजनिक

    काठमाडौं। नेपालको जेठो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालयको विस्तृत इतिहास अब युट्युबमा हेर्न सकिनेछ। एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ। डकुमेन्ट्री २९ मिनेटको छ।

    एडुसञ्जालका व्यवस्थापक तथा डकुमेन्ट्रीका निर्देशक दिपेश आचार्यले नेपालको शैक्षिक इतिहासलाई सूचना प्रविधिसँग जोड्न चाहेको बताउँदै भन्नुभयो, “किताब पढ्नेभन्दा सूचना प्रविधिको प्रयोग गरेर इतिहास जानकारी पाउने युग भइसकेको छ। शैक्षिक इतिहासका लागि धेरैवटा किताब पल्ट्याइरहनुभन्दा एउटै डकुमेन्ट्रीबाट फेहरिस्त थाहा होस् भन्नका शिक्षाका छुट्टाछुट्टै विषयमा छुट्टाछुट्टै डकुमेन्ट्री तयार गर्दै जाने छौँ। सुरुमा त्रिभुवन विश्वविद्यालयको इतिहास तयार गरिएको छ।”

    राणाकालमा नै विश्वविद्यालय स्थापनाको प्रयास भएको थियो। राणा शासन सकियो,प्रजातन्त्रको उदय भयो। प्रजातन्त्र प्राप्तिको केही कालसम्म विश्वविद्यालय स्थापनाको विषय अगाडि बढ्न सकेन। अमेरिकाको ओरेगन विश्वविद्यालयको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा सुधारको प्रयास अगाडि बढाइयो। सोही सन्दर्भमा विश्वविद्यालय स्थापनाको कुरा अगाडि बढ्यो।

    नेपालको पहिलो शिक्षा आयोगले विश्वविद्यालय स्थापनाका लागि सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझायो। आयोगका अध्यक्ष सरदार रुद्रराज पाँडे थिए। तत्कालीन राजा त्रिभुवनको निधन भएपछि उनको नाम चीर सम्झनाका लागि विश्वविद्यालय स्थापनाको घोषणा गरियो।

    त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले गरेको घोषणाअनुरुप २०१३ सालमा कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थाना गर्ने निर्णय भयो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा गठित समितिले नै सो स्थान उपयुक्त भएको ठह¥याएको थियो । २०१६ सालमा त्रिवि ऐन जारी गरियो। तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदैन आएको छ।

    डकुमेन्ट्रीका निर्देशक आचार्यले त्रिवि स्थापनाका सन्दर्भमा भएका केही महत्वपूर्ण घटनालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै यसमा प्रयोग गरिएका अधिकांश तस्बिर हालसम्म सार्वजनिक नभएको दावी गर्नुभयो।

    “महेन्द्र विद्याभूषण पाउने पहिलो विद्यार्थी, विद्यार्थी युनियनका पहिलो अध्यक्ष आदिका अन्तर्वार्ता पनि डकुमेन्ट्रीमा समेटिएको छ”  उहाँले थप्नुभयो, “यो डकुमेन्ट्री महत्वपूर्ण ऐतिहासिक दस्तावेज बनेको छ। अब दोस्रो डकुमेन्ट्रीका रूपमा नेपालमा विश्वविद्यालय स्थापनाको इतिहास सार्वजनिक गर्नैछौँ ।”

    डकुमेन्ट्रीमा हालसम्मको अवस्थालाई समावेश गरिएको छ। अहिले त्रिविको नौ वटा संकाय र संस्थान, चार वटा अनुसन्धान केन्द्र छन्। यसका ४० वटा केन्द्रीय विभाग, ६२ वटा आङ्गीक क्याम्पस र एक हजार ६२ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । यस विश्वविद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत भार यसै विश्वविद्यालयले थेग्दै आएको छ।


    शनिवार, बैशाख ३० २०८००१:२३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij