Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशमा स्थानीय वायुको सामान्य प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

देशमा स्थानीय वायुको सामान्य प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

  • शनिवार, बैशाख ३० २०८०

  • 602
    SHARES

  • देशमा स्थानीय वायुको सामान्य प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
     
    आज दिउँसो  कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने  देशभर मौसम सामान्यतया सफा रहने छ ।
     
    बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा भने उल्लेखनीय प्रभाव नरहने महाशाखाको भनाइ छ ।
     


    शनिवार, बैशाख ३० २०८००६:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij