Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

  • बिहिवार, बैशाख २८ २०८०

  • 382
    SHARES

  • राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको हो । 
     
    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ ।
     
    वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनासमेत बैठकमा पेस गर्ने तयारी रहेको उहाँले बताउनुभयो । 
     
    सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । 
     
    त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानका विषयमा पनि पार्टीले धारणा तय गर्ने उहाँले बताउनुभयो ।
     


    बिहिवार, बैशाख २८ २०८०११:३८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij