Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल क्रिकेट : दिल्लीमाथि चेन्नाईको सहज जित

आईपीएल क्रिकेट : दिल्लीमाथि चेन्नाईको सहज जित

  • बिहिवार, बैशाख २८ २०८०

  • 467
    SHARES

  • आईपीएल क्रिकेट : दिल्लीमाथि चेन्नाईको सहज जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ मा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । घरेलु मैदान एमए चितम्बरम स्टेडियममा चेन्नाईले दिल्लीमाथि २७ रनको सानदार जित दर्ता गरेको हो ।

    चेन्नाईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । 

    दिल्लीका लागि रिलि रोउसोले ३७ बलमा सर्वाधिक ३५ रन बनाउँदा मनिश पाण्डेले २७ रन बनाए । अक्षर पटेलले १२ बलमा २१ तथा फिलिप साल्टले ११ बलमा १७ रन बनाए । चेन्नाईका लागि मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन जोड्यो ।

    चेन्नाईका लागि शिभम दुवेले १२ बलमा ३ छक्काको सहयोगमा सर्वाधिक २५ रन बनाए । ओपनर ऋतुराज गायकवाडले १८ बलमा ४ चौकाको सहयोगले २४ रन बनाए ।

    अम्बादी राइडुले २३ तथा अजिक्या रहाणे र रविन्द्र जडेजाले समान २१/२१ रन बनाए । कप्तान महेद्रसिंह धोनीले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए ।  दिल्लीका लागि मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

    यस जितसँगै १२ खेलमा ७ जित र ४ हारसँगै १० टोली सहभागी लिगमा चेन्नाई १५ अंकका साथ दोस्रो स्थानमा कायमै छ । दिल्ली भने ११ खेलमा ४ जित र ७ हारका साथ अंक तालिकाको पुछारमा कायमै छ ।


    बिहिवार, बैशाख २८ २०८००६:५९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij