Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

  • मंगलवार, बैशाख २६ २०८०

  • 875
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

    काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

    यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


    मंगलवार, बैशाख २६ २०८००६:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij