Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेटको आयोजनास्थल परिवर्तन हुने सम्भावना, कहाँ हुन्छ खेल ?

एसिया कप क्रिकेटको आयोजनास्थल परिवर्तन हुने सम्भावना, कहाँ हुन्छ खेल ?

  • मंगलवार, बैशाख २६ २०८०

  • 929
    SHARES

  • एसिया कप क्रिकेटको आयोजनास्थल परिवर्तन हुने सम्भावना, कहाँ हुन्छ खेल ?

    काठमाडौं । नेपालसमेत सहभागी हुने एसिया कप क्रिकेटको आयोजनास्थल परिवर्तन हुने सम्भावना बढेको छ ।

    पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अब श्रीलंकामा सर्ने दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।

    भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्ना खेलाडी पाकिस्तान नपठाउने भएपछि एसिया कपको आयोजना अन्योलमा पर्दै आएको छ । पाकिस्तानले आफ्नै देशमा आयोजना हुनुपर्ने अडान लिइरहेको छ भने भारतले मानेको छैन ।

    एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले भारतप्रति पक्षधरता देखाएपछि पाकिस्तानमा आयोजना नहुने सम्भावना बढेको हो । बीसीसीआईका सचिव जय शाह नै एसीसीका अध्यक्ष रहेका छन् ।

    बीसीसीआईको अडानपछि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले ‘हाइब्रिड’ मोडलको प्रस्ताव गरेका थिए । जसअनुसार भारतले खेल्ने म्याचहरु यूएईमा र अन्य म्याचहरु पाकिस्तानमै गर्ने उनको आग्रह थियो ।

    तर, एसीसी र बीसीसीआईले त्यो प्रस्ताव पनि अस्वीकार गरेपछि पाकिस्तान अप्ठेरोमा परेको छ । आफ्नो आयोजना अधिकार खोसिए पाकिस्तान एकदिवसीय विश्वकप खेल्न भारत नजाने चेतावनी पाकिस्तानी बोर्ड अध्यक्षले दिएका छन् । तर, उनको चेतावनीलाई एसीसीले कुनै महत्व दिएको छैन ।

    यसैबीच पाकिस्तानको आयोजना अधिकार खोसेर श्रीलंकालाई दिने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।


    मंगलवार, बैशाख २६ २०८००२:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij