Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

श्री एअरमा फेरी समस्याः पाङ्ग्रा लक भएपछी उडानमै रोक

श्री एअरमा फेरी समस्याः पाङ्ग्रा लक भएपछी उडानमै रोक

  • सोमवार, बैशाख २५ २०८०

  • 820
    SHARES

  • श्री एअरमा फेरी समस्याः पाङ्ग्रा लक भएपछी उडानमै रोक

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ।

    दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।

    यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज सोमवार फेरि त्यही समस्या दोहोरिएको थियो। प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।

    आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो। श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए ।


    सोमवार, बैशाख २५ २०८००२:०७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij