Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

  • शुक्रवार, बैशाख २२ २०८०

  • 510
    SHARES

  • ए डिभिजन लिगमा आज दुई खेल हुँदै
    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरू हुँदैछन् । लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आज दुई खेलहरू हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।
     
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
     
    पुलिस आज पाँचौं  जित निकाल्ने योजनामा हुनेछ । पुलिस १४ खेलमा १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । हिमालयन पनि पाँचौं जितको खोजीमा हुनेछ । हिमालयन १४ खेलमा १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
     
    एन्फा कम्प्लेक्समा जावलाखेल यूथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
     
    शीर्ष स्थानको जावलाखेल आज आठौं जितको योजनामा हुनेछ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
    खुमलटार पाँचौं जितको खोजीमा हुनेछ । खुमलटार १४ खेलमा १४ अंक जोडेर पुछारमा रहेको छ ।


    शुक्रवार, बैशाख २२ २०८०१०:१७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij