Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाको बैठक बस्दै, सरकारबारे निर्णय हुने

रास्वपाको बैठक बस्दै, सरकारबारे निर्णय हुने

  • शुक्रवार, बैशाख २२ २०८०

  • 465
    SHARES

  • रास्वपाको बैठक बस्दै, सरकारबारे निर्णय हुने
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार(आज) बस्दै छ । पार्टी कार्यालय वसुन्धरामा बस्ने बैठकमा मूलतः सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे गम्भीर छलफल भएर आवश्यक निर्णय हुनेछ । 
     
    पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आज पार्टीमा यो विषयमा छलफल गरेर निकास निकालिने बताउनुभयो । रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ । एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतामा जानुपर्ने बताइरहेको छ । 
     
    यस्तो पृष्ठभूमिमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित दलका नेताहरूसँग निरन्तर संवाद गर्दै आउनुभएको छ। रविले आफूहरूको सर्त पालना हुनसक्ने अवस्था आएमा सरकारमा सहभागी हुने जनाउ दिँदै आउनुभएको छ। 
     
    सत्ता गठबन्धनमा पनि रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने मत बलियो छ । जसअनुसार बुधबार बसेको सत्ता गठबन्धनको बैठकले रास्वपासँग वार्ता गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो । 


    शुक्रवार, बैशाख २२ २०८००८:२४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij