Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस छोडेको पर्वतको जम्बो टोली रास्वपा प्रवेश

कांग्रेस छोडेको पर्वतको जम्बो टोली रास्वपा प्रवेश

  • बिहिवार, बैशाख २१ २०८०

  • 1.8K
    SHARES

  • कांग्रेस छोडेको पर्वतको जम्बो टोली रास्वपा प्रवेश

    काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेको पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ । बिहीबार आज रास्वपा उपसभापति डोलप्रसाद अर्यालले उनीहरुलाई स्वागत गर्नुभएको हो ।

    केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए । त्यसपछि पनि फाटफुट कांग्रेस छाड्नेको संख्या ५० भन्दा बढी पुगेको छ ।

    विधिको शासन र कानूनी राज्यको प्रत्याभुति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागी, हुकुमी शासनको अन्त्य गर्दै आमनागरिकलाई न्याय दिलाउन अबको यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुने सुवेदीले बताउनुभयो ।

    parbat-congress-ghanti-prabes-2.jpg


    बिहिवार, बैशाख २१ २०८००५:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij