काठमाडौं। पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ।पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।सोही क्रममा “रानी बनाउछु” नामक गीत सार्वजनिक भएको छ।
यस गीतमा राजन श्रेष्ठ र सिजसु श्रेष्ठको स्वर रहेको छ भने बिक्रम केसीको शब्द, राजन श्रेष्ठको संगीत रहेको छ।साहित्यकार बिमला हुमागाँई (बोध श्री) को निर्देशन रहेको गीतमा रोशन बिश्वकर्माको कोरियोग्राफी, करण चैशिरको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा सरोज प्रजा, सञ्चिता बोलाखे, बिधान मैनाली, प्रनिता रोकाया आदीको अभिनय रहेको छ । यस गीतलाई राजन श्रेष्ठ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।