Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर रायमाझी फरार, सीमामा सुरक्षा बल बढाइयो

टोपबहादुर रायमाझी फरार, सीमामा सुरक्षा बल बढाइयो

  • बिहिवार, बैशाख २१ २०८०

  • 4.5K
    SHARES

  • टोपबहादुर रायमाझी फरार, सीमामा सुरक्षा बल बढाइयो

    काठमाडौं । नेपाल प्रहरीलाई बिहीबार दिउँसो २ बजे आफैं सम्पर्कमा आउने बताएका एमाले उपाध्यक्ष टोपबहादुर रायमाझी सम्पर्कविहीन बनेका छन्।

    उनी अझै सम्पर्कमा आइनपुगेको प्रहरीले जनाएको छ। उनको अन्तिम लोकेसन भैरहवा देखिएको छ। त्यसपछि उनी सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ। पूर्वमन्त्रीका रुपमा उनले पाउने पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) लाई काठमाडौंमै छाडेका छन्।

    आफू जिल्लातिर लाग्दा उनले पीएसओलाई यतै बस्न भनेका हुन्। रायमाझीले बुधबार रातिदेखि फोन अफ गरेका छन्। उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा रायमाझीका बाबुछोरालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

     


    बिहिवार, बैशाख २१ २०८००३:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij