काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन्।पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ।
सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो।निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।
श्रोतकाअनुसार उनले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए ।तर क्लबले उनलाई अनुमति दिएन ।तर पनि पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी हुन मेस्सी साउदी अरब पुगेका थिए । उनी साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर हुन् ।