Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन राष्ट्रपति समक्ष अध्यादेश

मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन राष्ट्रपति समक्ष अध्यादेश

  • मंगलवार, बैशाख १९ २०८०

  • 293
    SHARES

  • मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन राष्ट्रपति समक्ष अध्यादेश

    काठमाडौं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न अध्यादेश पठाउने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन राष्ट्रपतिसमक्ष मंगलबार नै अध्यादेश पठाउने निर्णय भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मिटरब्याजीसँग सम्बन्धित समस्या जुन छ, त्यो समस्यालाएई छिटो भन्दा छिटो समाधान गर्नको निम्ति कानुनी व्यवस्था गर्नको निम्ति मन्त्रीपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ । आज अध्यादेश पठाउने काम हुन्छ ।’

    मन्त्री शर्माले रेशम चौधरीलगायतका कैदीबन्दीहरु रिहाइको विषय ऐन संशोधन गरेर मात्रै हुने बताउनुभयो । नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयहरुका बारेमा छलफल भएको पनि उहाँले बताउनुभयो ।


    मंगलवार, बैशाख १९ २०८००७:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij