काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका १ बोलिनमा हिमपहिरो गएको छ ।
आज दिउँसो गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उहाँले बताउनुभयो ।
बोलिनमा यार्सागुम्बा टिप्न गएका ८ र ९ जना त्रिपाल टाँगेर बसेका थिए ।