काठमाडौं। नेप्से परिसूचक लगातार चौथो दिन आज पनि घटेको छ। गत बुधबार र बिहीबार घटेको नेप्से आइतबार पनि घटेको थियो। हिजो सार्वजनिक बिदाको कारण बन्द भएको बजार आज ०.२३ प्रतिशतले घटेको हो।
आज नेप्से ४.२७ अंकले घटेर १८६६.४० को विन्दुमा झरेको छ। २७१ कम्पनीको २३ लाख ३६ हजार ३२५ कित्ता सेयर ६९ लाख २२ हजार ७१ हजार ७५५ रुपैयाँमा किनबेच भएको छ।
सेन्सेटीभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ३५७.०२ विन्दुमा झरेको छ। १३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ। ६ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ।
यसदिन म्युचअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ०.५४ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूहको समूहगत सूचक १.५३ प्रतिशतले घटेको छ।
आज आत्मनिर्भर लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.२० प्रतिशतले बढेर ४३६.९० रुपैयाँ कायम भएको छ। स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेडको सेयर मूल्य ४.७० प्रतिशतले घटेर ३०४ रुपैयाँ कायम भएको छ।