काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले देशको विकराल आर्थिक अवस्थाका कारण माओवादीका अयोग्य लडाकुलाई तत्काल राहत दिन सकिने अवस्था नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले माओवादीका लडाकुले लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको तर देशको आर्थिक अवस्थाका कारण उनिहरुलाई तत्काल सम्बोधन गर्न गाह्रो हुने बताउनुभयो ।
यस्तै उहाँले अयोग्य लडाकुलाई राहतभन्दा रोजगारी दिनु उचित हुने तर्क गर्नुभएको छ । २०४६ पछिका भ्रष्टाचारको छानबिन गर्ने पहल गरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बधाईको पात्र बन्ने बताउँदै उहाँले यो सुरुवात प्रधानमन्त्रीले आफैंबाट गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै अर्को प्रसंगमा नेता खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।