Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्यो

आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्यो

  • सोमवार, बैशाख १८ २०८०

  • 529
    SHARES

  • आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्यो

    काठमाडौं। नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ। नाका खुलेसँगै आजदेखि दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन्। चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ।

    आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। २०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो ।

    भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो ।

    गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि बैठक भएको थियो । बैठकमा मे १ अर्थात आजदेखि नाका सञ्चालनमा ल्याउने सहमती भएको थियो ।

    चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो । चैत २८ गते चीनले भौतिक निमार्ण पूर्वाधारमा नापतौल काँटा राख्ने भन्दै चीनले एक साताका लागि नाका पूर्ण रूपमा बन्द गरेको थियो । वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको छ ।


    सोमवार, बैशाख १८ २०८००१:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij