काठमाडौं। नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ। पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो। खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ।
नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन्। गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।