Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

न्यायपालिकाले संवैधानिक व्यवस्था अनुसार नेतृत्व पाउनुपर्छ : गोपालकृष्ण घिमिरे

न्यायपालिकाले संवैधानिक व्यवस्था अनुसार नेतृत्व पाउनुपर्छ : गोपालकृष्ण घिमिरे

  • सोमवार, बैशाख १८ २०८०

  • 356
    SHARES

  • न्यायपालिकाले संवैधानिक व्यवस्था अनुसार नेतृत्व पाउनुपर्छ : गोपालकृष्ण घिमिरे

    काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीश नियुक्ति र न्यायपालिका सुधारको माग राखी शान्तिपूर्ण आन्दोलन थालेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पूर्वप्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग भएकाले १४ महिनासम्म न्यायपालिकाको नेतृत्वका लागि पर्खिएको बताउँदै प्रधानमन्त्री र सभामुखलाई भेटेर अल्टिमेटम दिएको स्मरण पनि गराउनुभएको छ ।

    घिमिरेले संवैधानिक परिषद् र न्यायपरिषद्ले आफ्नो काम नगर्ने अनि संसदीय सुनुवाइ समिति पनि नबन्ने स्थितिमा चुप लागेर बस्ने स्थिति नभएको पनि चेतावनी दिनुभएको छ । न्यायपालिकाले संवैधानिक व्यवस्था अनुसार नेतृत्व पाउनुपर्ने बारको माग रहेको छ ।

    सर्वोच्च अदालतले १४ महिनादेखि प्रधानन्यायाधीश नपाउँदा न्यायपालिकाको शाख गुमेको बताउँदै उहाँले सर्वोच्चमा ५ जना, उच्च अदालत ५० जनाभन्दा बढी र जिल्लामा ३० जना न्यायाधीश नियुक्ति हुन नसक्दा सेवाग्राहीले न्याय नपाउने अवस्था आएको बताउनुभएको छ ।

    न्यायपालिकामा विद्यमान भ्रष्टाचार, विकृति र बिचौलियातन्त्र विरुद्ध पनि आन्दोलन लक्षित रहेको घिमिरेको भनाइ छ ।


    सोमवार, बैशाख १८ २०८००८:५१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij