Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महावीर पुनको मागमा सरकार गम्भीर बनोस् : झलनाथ खनाल

महावीर पुनको मागमा सरकार गम्भीर बनोस् : झलनाथ खनाल

  • आइतवार, बैशाख १७ २०८०

  • 526
    SHARES

  • महावीर पुनको मागमा सरकार गम्भीर बनोस् : झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ ।

    आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका खनालले पुनका मागबारे सत्ता गठबन्धनको बैठकको एजेण्डा बन्नुपर्ने बताउनुभएको हो ।

    ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि (धर्नामा) बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो’ उहाँले भन्नुभयो ।

    यस वर्षको बजेटमा महावीर पुनको मागलाई सम्बोधन गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका खनालले बताउनुभयो ।

    ‘गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो । यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ । देशका अरु धेरै युवा वैज्ञानिक हुनुहुन्छ, उहाँहरुलाई काम गर्नसक्ने वातावरण बनाउनुपर्छ, अहिले हाम्रा देशका युवा वैज्ञानिकहरु बहिर्गमनमा लाग्ने खतरा पैदा भएको छ’ उहाँले भन्नुभयो ।


    आइतवार, बैशाख १७ २०८००५:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij