Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

'बृहत् शान्ति सम्झौता र शान्ति प्रक्रियालाई स्वीकार नगर्नेहरु अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयको विरोधमा उत्रिए'

'बृहत् शान्ति सम्झौता र शान्ति प्रक्रियालाई स्वीकार नगर्नेहरु अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयको विरोधमा उत्रिए'

  • आइतवार, बैशाख १७ २०८०

  • 457
    SHARES

  • 'बृहत् शान्ति सम्झौता र शान्ति प्रक्रियालाई स्वीकार नगर्नेहरु अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयको विरोधमा उत्रिए'

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बृहत् शान्ति सम्झौता र शान्ति प्रक्रियालाई स्वीकार नगर्नेहरु अयोग्य लडाकुलाई २–२ लाख दिने निर्णयको विरोधमा उत्रिएको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले अयोग्य भनिएका लडाकुलाई केही न केही राहत दिनुपर्छ भन्ने कुरा धेरै पहिले सरकारले गरिसकेको र सर्वोच्च अदालतले कार्यविधि बनाएर वितरण गर्नू भनेपछि अहिलेको समयमा पर्न गएको स्पष्ट पार्नुभएको छ । यस्तै राज्यमा संकट छ, समय फेरबदल गरौं भन्नु एउटा पाटो भए पनि लडाकुलाई पैसा दिनैहुन्न भन्नु मुलुकमा फेरि पनि द्वन्द्व, अस्थिरता र अराजकता मच्चाउन खोज्ने पश्चगामी प्रवृत्ति रहेको बताउनुभएको छ ।

    गुरुङले पश्चगामी शक्तिहरु जनयुद्ध र लडाकुलाई अपराधीकरण गर्ने, बृहत् शान्ति सम्झौतालाई अस्वीकार र निषेध गर्ने चिन्तनबाट निर्देशित भएको आरोप पनि लगाउनुभयो ।

    नेकपा एमालेको वर्तमान नेतृत्व कहिले टीआरसी विधेयक, कहिले आयोग त कहिले अदालतमा अड्काउने ध्वंसात्मक प्रवृत्तिमा लागेको गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एमालेको पछिल्लो नेतृत्व बृहत् शान्ति सम्झौतालाई उल्टाउने सोचमा छ । अयोग्य भनिएका लडाकुलाई राहत दिने कुरा केपी शर्मा ओली प्रधाननमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएकै बेलाको बजेटमा पारिएको हो । अहिले आएर त्यसको विरोध गर्नु द्वैध चरित्रको द्योतक हो । १० वर्ष लडेको लडाकु रित्तो हात निस्कँदा केको टाउको दुखाइ ?’

     


    आइतवार, बैशाख १७ २०८०१०:०९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij