Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल र युएई पुगे एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल र युएई पुगे एसीसी प्रिमियर कपको फाइनलमा

  • शनिवार, बैशाख १६ २०८०

  • 484
    SHARES

  • नेपाल र युएई पुगे एसीसी प्रिमियर कपको फाइनलमा

    काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेका छन्। त्रिवि मैदान कीर्तिपुरमा आज भएको कुवेत र नेपालबीचको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो।

    भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो। जितको लागि दुई सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।

    नेपालका लागि करण केसी एक्लेलै पाँच विकेट लिए, अर्को विकेट सोमपाल कामीले लिए। त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसक्दा नेपालले समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा स्थान बनाएको हो ।

    यस्तै मुलपानी मैदानमा भएको अर्को सेमिफाइनल खेलमा युएई डीएलएस प्रणालीका आधारमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र युएईबीच फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।


    शनिवार, बैशाख १६ २०८००५:२६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij