Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता हुदैन : ओली

सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता हुदैन : ओली

  • शनिवार, बैशाख १६ २०८०

  • 660
    SHARES

  • सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता हुदैन : ओली

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताउनु भएको छ ।

    तीन दिनदेखि पाँचथरमा रहेका ओलीले आज सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

    ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ ओलीले भन्नुभयो ।

    प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गर्नुभएको छ ।

    कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेकाले यसको विरोध गर्नुको औचित्य नहुने उहाँको दाबी थियो ।
    एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन्।

    शुक्रबार मध्यान्न जन्मथलोमा निर्मित बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न पुग्नु भएका ओलीविरुद्व पहिचान पक्षधरहरुले केपी ओली मुर्दाबावाद भन्दै अवरोध सिर्जना गर्न खोजेका थिए ।


    शनिवार, बैशाख १६ २०८००१:४२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij