काठमाडौं। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ। पुनले आजदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गर्नुभएको हो ।
उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताउनु भयो। पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो ।
उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताउनु भयो।
उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताउनु भयो।