Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा सामान्य करेक्सन, सेयर कारोबार भने ७३ करोडमा झर्यो

नेप्सेमा सामान्य करेक्सन, सेयर कारोबार भने ७३ करोडमा झर्यो

  • बिहिवार, बैशाख १४ २०८०

  • 303
    SHARES

  • नेप्सेमा सामान्य करेक्सन, सेयर कारोबार भने ७३ करोडमा झर्यो

    काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ। आज नेप्से २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४६ अंकले घटेर ३६१.०९ विन्दुमा अडिएको छ।

    नेप्से ओरालो लागेसँगै कारोबार रकम बुधबारको तुलनामा घटेको छ। आज २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँमा खरिदबिक्री भयो।

    हिजो नेप्से परिसूचक १३.६८ अंकले घटेको थियो। सो दिन २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    यसदिन कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सिटीजन्स म्युचुअल फन्ड २ को सेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशतले बढ्यो। यस्तै तेहथुम पावरको सेयर मूल्य ५.०८ प्रतिशतले बढ्यो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो। होटल्स एन्ड टुरिजम उपसमूहको १.८३ प्रतिशतले मूल्य बढ्यो।


    बिहिवार, बैशाख १४ २०८००३:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij