Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अबदेखी नेपालमै बनेका सवारी पनि दर्ता गर्ने पाइने

अबदेखी नेपालमै बनेका सवारी पनि दर्ता गर्ने पाइने

  • बिहिवार, बैशाख १४ २०८०

  • 336
    SHARES

  • अबदेखी नेपालमै बनेका सवारी पनि दर्ता गर्ने पाइने

    काठमाडौं । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो ।

    निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’

    यसअनुसार अब नेपालमा बनेका सवारीले दर्ताका लागि प्रज्ञापनपत्र (एलसी) खोलेको प्रमाण भने बुझाउनु नपर्ने उल्लेख छ। योसँगै नेपालमा बनेका विद्युतीय र पेट्रोल–डिजेलबाट चल्ने सबै खालका सवारी दर्ता गर्न बाटो खुलेको छ ।

    कानुन बाधक भएकाले नेपालमै बनेको विद्युतीय मोटरसाइकलहरु दर्ता हुन नसकेपछि सरकारले द्रुतमार्गबाट विद्युतीय सवारी दर्ता प्रक्रिया खुला गर्न गरेको हो ।

    नेपालमा बनेको विद्युतीय बाइक ‘यात्री’ले नम्बर प्लेट नपाएपछि उत्पादन बन्द गर्ने चेतावनी दिंदै आएको थियो । अब निर्देशिका संशोधन गरेर सरकारले नेपालमा बनेका सवारी दर्ता गर्ने प्रबन्ध गरेसँगै यात्री लाई पनि दर्ता गर्ने बाटो खुलेको छ ।

    yatayat.jpg


    बिहिवार, बैशाख १४ २०८००१:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij