Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीमाथि ढुंगा प्रहार, एक जना पक्राउ

केपी ओलीमाथि ढुंगा प्रहार, एक जना पक्राउ

  • बुधवार, बैशाख १३ २०८०

  • 1.0K
    SHARES

  • केपी ओलीमाथि ढुंगा प्रहार, एक जना पक्राउ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो क्रममा दुई जना प्रहरी घाइते भएका थिए।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको संसदलाई बताउनुभयो। एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको प्रमुख सचेतक पदम गिरीले बताएपछि जवाफमा गृहमन्त्री श्रेष्ठले उशृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको बताउनुभयो।

    प्रतिनिधि सभामा बोल्दै एमाले प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताउनुभएको थियो ।


    बुधवार, बैशाख १३ २०८००४:४१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij