Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओलीले मेरो अपहरण गरे : डा. केसी

केपी ओलीले मेरो अपहरण गरे : डा. केसी

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.9K
    SHARES

  • केपी ओलीले मेरो अपहरण गरे : डा. केसी

    काठमाडौँ – डा. गोविन्द केसीले १९ औँ सत्याग्रहमार्फत उठाएका मागहरुबारे सरकारले आवश्यक परामर्श थालेको छ। डा. केसीले १९ औँ सत्याग्रह सुरु गरेको ९ दिनपछि सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उहाँले उठाएका मागहरुबारे आवश्यक परामर्श सरकारले गरिरहेको जानकारी दिनुभएको हो।

    नेपाली रेडियो नेटवर्कलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले डा. केसीका मागहरुबारे स्वास्थ्य मन्त्रालय र अन्य विज्ञहरुसँग सरकारले आवश्यक परामर्श गरिरहेको जानकारी दिनुभयो।

    सत्याग्रही डा. केसीको जीवन रक्षा गर्नु नै पहिलो प्राथमकिता भएकोले उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याइएको बताउँदै मन्त्री ज्ञवालीले अरु विषयहरुबारे छलफल गर्दै जाने बताउनुभयो।

    जुम्लामा १९ औँ सत्याग्रह थालेका डा. केसीलाई आज काठमाडौँ ल्याएको हो। काठमाडौँ आएर शिक्षण अस्पतालमा अनशन जारी राख्ने बताएका उहाँलाई सरकारले प्रहरी लगाएर ट्रमा सेन्टर लगेको थियो।

    जबर्जस्ती ट्रमा लग्ने क्रममा सत्याग्रही केसी प्रहरीसँग आक्रोशित हुनुभएको थियो । उहाँलाई प्रहरीले जबरजस्ती उठाएर ट्रमा लगिरहेको दृष्य सञ्चार माध्यमहरुसहित सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

    सत्याग्रहीको अनुमति बिना कसैले पनि उसलाई छुन समेत पाउँदैन । तर डा. केसीमाथि भने प्रहरी ज्यादती भएपछि यसको चर्काे आलोचना भइरहेको छ ।

    डा. केसीले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अपहरण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेपछि आक्रोशित हुनुभएका केसीले ओलीको तानाशाह धेरै नटिक्ने चेतावनी दिनुभयो ।

    यसैबीच डा. केसीलाई ट्रमा सेन्टरले आज साँझै स्वच्छिक डिस्चार्ज गरेको छ । प्रहरीले जबरजस्ती ट्रमा लगेको केही घण्टामै डा. केसीलाई डिस्चार्ज गरेपछि उहाँका समर्थकहरुले थपडी बजाउँदै चिकित्सकहरुलाई धन्यवाद दिएका थिए । उनीहरुले डा. केसीका पक्षमा चर्का नारा लगाएका थिए ।

    ट्रमा सेन्टरबाट डिस्चार्ज भएका डा. केसीलाई आज साँझै शिक्षण अस्पताल लगिएको छ । त्यहाँ उहाँको सामान्य चेकजाँच गरिएको छ । डा. केसीले शिक्षण अस्पतालमै सत्याग्रहलाई निरन्तरता दिनुभएको छ । मेडिकल शिक्षामा सुधारको माग राख्दै सत्याग्रह थालेका डा. केसीका माग राज्यले पूरा गर्ने प्रतिवद्धता त जनाउँछ तर कार्यान्नयन नगर्ने परम्परा नै बनिसक्यो ।

    सरकारले मेडिकल शिक्षा सुधारका लागि डा. केसीले मात्र होइन कसैले पनि अनशन बस्न नपर्ने अवस्थाको सृजना किन गर्न सक्दैन ? मुलुक प्रश्न गरिरहेको छ तर जवाफ पाइरहेको छैन ।


    मंगलवार, आश्विन ६ २०७७०७:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij