काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाहीतन्त्र धेरैदिन नचल्ने बताउनुुभएको छ । प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु¥याएका डा. केसीले ओलीको निर्देशनमा आफू त्रिवि शिक्षण अस्पतालमा जान नपाएको बताउनुभएको हो ।
‘मलाई त्रिवि शिक्षण अस्पताल नलगेसम्म रगत जाँच गर्न पनि नदिने र कुनै उपचार सेवा त्यहाँबाट लिन्न’, उहाँको अडान छ ।
जुम्लामा सत्याग्रहमा रहेका केसीलाई आजैमात्र काठमाडौं ल्याइएको थियो । उहाँले त्रिवि शिक्षण अस्पतालमा जाने बताए पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको थियो ।