Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचकमा सुधार, ८८ करोड बढीको कारोबार

नेप्से परिसूचकमा सुधार, ८८ करोड बढीको कारोबार

  • मंगलवार, बैशाख १२ २०८०

  • 308
    SHARES

  • नेप्से परिसूचकमा सुधार, ८८ करोड बढीको कारोबार

    काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १७.३६ प्रतिशतले बढेर १९०५.६८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ।

    आज २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको सेयर कारोबार भयो।आज तारागाउँ रिजेन्सीको सेयर मूल्य सर्वाधिक ८ प्रतिशतले बढ्यो।

    यस्तै खप्तड लघुवित्त वित्तीय संस्थाको ७.८५ र सिटिजन्स म्युचुअल फन्डको ५.१३ प्रतिशतले बढ्यो।आज सनराइज ब्लुचिप फन्डको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७ करोड बढिको सेयर कारोबार भयो। कालिञ्चोक दर्शनको ३ करोड र नविल बैंकको २ करोड बढिको सेयर कारोबार भयो। यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने १ को घट्यो।


    मंगलवार, बैशाख १२ २०८००३:५८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij