Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

फ्लाई दुबईका दुइ कर्मचारी कारबाहीमा, प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

फ्लाई दुबईका दुइ कर्मचारी कारबाहीमा, प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

  • मंगलवार, बैशाख १२ २०८०

  • 1.0K
    SHARES

  • फ्लाई दुबईका दुइ कर्मचारी कारबाहीमा, प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले गएराति फ्लाई दुबईको जहाज समस्या प्रकरणमा २ जनालाई कारबाही गरेको छ। प्राधिकरणले उडानका क्रममा जहाजमा चरा ठोकिएको भनि गलत सूचना सम्प्रेषण गर्ने नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेर कारबाही गरेको हो ।

    कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ। यद्यपि, उनीहरूको पास कति समयसम्म रोक्का रहन्छ, सो भने प्राधिकरणले बताएको छैन ।

    गएराति ९ः २० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो । यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो।

    फ्लाइ दुबईले जहाज उडानका क्रममा चरा ठोकिएर समस्या आएको बताए पनि यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सो पुष्टि हुने कुनै आधार नभेटिएको जनाएको छ ।


    मंगलवार, बैशाख १२ २०८००३:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij