Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओमानमाथि नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

ओमानमाथि नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

  • शुक्रवार, बैशाख ८ २०८०

  • 572
    SHARES

  • ओमानमाथि नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

    काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।

    नेपालको जितमा कुशल मल्लले शानदार शतक प्रहार गरे। सुरुआतमा खराब देखिएको नेपालको ब्याटिङलाई सुधार गर्दै उनले १ सय ८ रनको शतकिय इनिङ्स खेले। सोमपाल कामीले विस्फोटक ६३ रनको इनिङ्स खेले।

    सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि भिम सार्कीले ३३ र रोहित कुमार पौडेलले २३ रनको योगदान गरे । आरिफ शेखले २९ रन बनाए ।

    दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुँदा सन्दीप लामिछाने ८ रनमा पेविलियन फर्किए। करन केसी २९ रनमा नकआउट रहे। कीर्तिपुर मैदानमा ३ सय ११ रनको लक्ष्य सहित मैदान उत्रिएको ओमान २ सय २६ रनमा अलआउट भयो ।

    मोहमद नादिमले सर्वाधिक ६५ रन बनाएको इनिङ्समा सन्दीप गौडले ४६ रन बनाएका थिए। ओपनर कश्यप प्रजापतीले २५ रन जोडेका थिए। अन्य ब्याट्सम्यान क्रिसमा खासै जम्न सकेनन्। नेपालका सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट तथा दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए।


    शुक्रवार, बैशाख ८ २०८००५:३३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij