Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हिँडिरहेको अवस्थामा भाँचियो भेरी नदीको बेलिब्रिज, कैँयौँको हताहत

हिँडिरहेको अवस्थामा भाँचियो भेरी नदीको बेलिब्रिज, कैँयौँको हताहत

  • बिहिवार, बैशाख ७ २०८०

  • 422
    SHARES

  • हिँडिरहेको अवस्थामा भाँचियो भेरी नदीको बेलिब्रिज, कैँयौँको हताहत

    काठमाडौं । जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ ।

    केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन सकिरहेको छैन । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

    साथै घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


    बिहिवार, बैशाख ७ २०८००२:१२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij