Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा छायो हरियाली, चारदिनपछि बढ्यो नेप्से

सेयर बजारमा छायो हरियाली, चारदिनपछि बढ्यो नेप्से

  • बुधवार, बैशाख ६ २०८०

  • 315
    SHARES

  • सेयर बजारमा छायो हरियाली, चारदिनपछि बढ्यो नेप्से

    काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ।सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्‍दुमा अडिएको छ।

    नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा बढेको छ। आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँमा खरिदबिक्री भयो।अघिल्लो दिन मंगलबार ८७ करोड ४ लाख मूल्य बराबरको सेयर किनबेच भएको थियो।

    दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै गुराँस लघुवित्तको ९.५९ र एनसीसी डिवेन्चर २०८६ को सेयर मूल्य ८.२१ प्रतिशतले बढ्यो।

    कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ८३ लाख मूल्य बराबरको कारोबार भयो।

    यस्तै नविल बैंकको ३ करोड ६६ लाख र एनआईसी एसिया बैंकको ३ करोड १८ लाख मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिएको छ।


    बुधवार, बैशाख ६ २०८००३:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij