Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

भोली बिहान ६ घण्टा त्रिभुवन विमानस्थल बन्द, सबै उडान–अवतरण ठप्प हुने

भोली बिहान ६ घण्टा त्रिभुवन विमानस्थल बन्द, सबै उडान–अवतरण ठप्प हुने

  • बुधवार, बैशाख ६ २०८०

  • 475
    SHARES

  • भोली बिहान ६ घण्टा त्रिभुवन विमानस्थल बन्द, सबै उडान–अवतरण  ठप्प हुने

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल भोली बिहीबार बिहान ६ घण्टा बन्द हुने भएको छ। विमानस्थलबाट भोली बिहान १ बजेदेखि ७ बजेसम्म कुनै पनि उडान–अवतरण नहुने भएको हो।

    विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो।

    तिवारीका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो।

    सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ।


    बुधवार, बैशाख ६ २०८०१२:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij