काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल भोली बिहीबार बिहान ६ घण्टा बन्द हुने भएको छ। विमानस्थलबाट भोली बिहान १ बजेदेखि ७ बजेसम्म कुनै पनि उडान–अवतरण नहुने भएको हो।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो।
तिवारीका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो।
सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ।