Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

लगातार आज पनि घट्यो शेयर बजार

लगातार आज पनि घट्यो शेयर बजार

  • मंगलवार, बैशाख ५ २०८०

  • 318
    SHARES

  • लगातार आज पनि घट्यो शेयर बजार

    काठमाडौं । सेयर कारोबार हुने साताको तेस्रो दिन आज पनि शेयर बजारमा गिरावट आएको छ। यसअघि आइतबार र सोमबार पनि बजार घटेको थियो। आज नेप्से ३ अंकले घटेर १९०४.९८ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले बढेको छ। आज सेन्सेटिभ परिसूचक ३६३.०४ विन्दुमा छ।

    कारोबार उपसूचकहरूमध्ये होटल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बीमा समूह आज सामान्य अंकले बढ्दा अन्य उपसूचक समूहहरू राताम्मे छन्। बजार घट्दा कारोबार रकममा समेत कमी आएको छ।

    यसदिन २६६ कम्पनीका २९ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँको कारोबार भयो।यो सोमबारको भन्दा कम हो। कम्पनीको आधारमा कारोबार रकमको कुरा गर्ने हो भने आज प्रभु बैंक लिमिटेडको प्रोमोटर शेयरमा ५ करोड २६ लाखको कारोबार भएको छ।

    दोस्रो स्थानमा शिवम् सिमेन्टले ३ करोड ९८ लाखको कारोबार गरेको छ। उता आज पनि कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीले सकारात्मक सर्किट हानेको छ। त्यसका लगानीकर्ताले १० प्रतिशतले कमाए।


    मंगलवार, बैशाख ५ २०८००४:०९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij