काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले फराकिलो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हिमालयन शेर्पा क्लबलाई ६, ० गोल अन्तरले हराएको हो ।
फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे। अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल गरे। फ्रेन्ड्सको यो दोस्रो जित हो। फ्रेन्ड्सले ८ अंक जोडेको छ। हिमालयनले ९ अंक जोडेको छ।
यस्तै आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन्। च्यासल मैदानमा सोमबार थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
खेलमा दुबै टोलीले गोलको अवसर खेर फालेका थिए। यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ। चर्च ब्वाइजले १५ अंक जोडेको छ ।