Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मुग्लिनमा राजमार्ग नै अवरुद्ध गरेर धर्ना दिने लघुवित्त पीडित र प्रहरीबीच झडप

मुग्लिनमा राजमार्ग नै अवरुद्ध गरेर धर्ना दिने लघुवित्त पीडित र प्रहरीबीच झडप

  • सोमवार, बैशाख ४ २०८०

  • 402
    SHARES

  • मुग्लिनमा राजमार्ग नै अवरुद्ध गरेर धर्ना दिने लघुवित्त पीडित र प्रहरीबीच झडप

    काठमाडौं। राजमार्ग अबरुद्ध गरेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पीडित र प्रहरीबिच झडप भएको छ। २४ घण्टादेखि राजमार्गमै आन्दोलन गरेर धर्ना दिइरहेका प्रदर्शनकारीलाई तितरवितर गराउन दुईसेल अश्रुग्याँस प्रहार हो ।

    राजमार्गमा धर्ना दिईरहेका प्रदर्शनकारी लाई हटाएर राजमार्ग खुलाउन खोज्दा स्थीति असहज बनेपछी प्रहरीले बाध्यताबस २ सेल अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो।

    प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको र अश्रुग्याँस प्रहारपछि भीड तितरवितर भएको तामाङले जनाउनुभयो। सोहीक्रममा घाइते भएका एकजना स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

    लघुवित्त पीडितले पृथ्वीराजमार्ग अबरुद्ध गरेर प्रदर्शन गरिरहेपछी मुग्लिनहुँदै काठमाडौं,पोखरा,चितवन जाने यात्रुहरू मर्कामा परेका थिए। विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारी हिजोदेखी सडकमै पकाउने,खाने,सडकमै सुत्ने गरेका छन् ।


    सोमवार, बैशाख ४ २०८००२:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij