Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा

मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा

  • सोमवार, बैशाख ४ २०८०

  • 525
    SHARES

  • मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ, आत्महत्या प्रयास हो वा अरु कुनै कारणले यस्तो भएको हो, त्यो बारेमा खुल्ला’, एसपी कार्कीले भन्नुभयो, ‘घटनास्थलको मुचुल्का उठाएर ल्याएका छौं सोधपुछ जारी छ ।’

    भरतपुर महानगरपालिका वडा नं। ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ । थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

    विहान करीव ४ बजेतिर थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ । सोमबार विहान भरतपुरका विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रममा सहभागी रवि लामिछानेले भने अहिलेसम्म घटनाका बारेमा केही बताएका छैनन् ।

    आइतबार दिनभर घरदैलो र तनहुँको दमौलीमा आयोजित चुनावीसभा सकेर राति लामिछाने थापाले चलाएकै गाडीमा घर आएका थिए । उनीहरु सोमबार विहान भरतपुरमा घरदैलो गरेर बारा जाने कार्यक्रम थियो ।

    चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ ।

    शल्यक्रियामा संलग्न कलेजका न्यूरो सर्जन डा। विनोद भट्टराईका अनुसार शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको अवस्था स्थिर छ ।


    सोमवार, बैशाख ४ २०८००२:३०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij