काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले एमालेले चलाएको ‘मिसन ग्रासरुट अभियान’ राष्ट्रव्यापीरुपमा प्रभावकारी रहेको बताउनुभएको छ ।
अभियानले सिंगो गाउँबस्तीलाई ब्युझ्याएको बताउँदै पार्टी प्रवेश गर्नेहरुको उत्साह बढेको दावी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले आगामी १० गते हुने उपनिर्वाचनमा मंसिरको निर्वाचनमा जस्तो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माहोल नरहेको बताउनुभएको छ । सभापति रवि लामिछाने मतदातासँग रिसाउँदै हिडेको बताउँदै एमालेका उम्मेदवारले मतदाताको मन जितिरहेको स्पष्ट पार्नुभयो ।
चितवनमा अहिलेको उपनिर्वाचनमा कसैले नसोचेको आश्चर्यजनक नतिजा आउन सक्ने विश्वास व्यक्त गर्नुभयो तर अहिले नै रास्वपा, एमाले या गठबन्धनले जित्छ भनेर भन्न नसकिने नेता थापाको भनाइ छ । चितवन, बारा र तनहुँ तीनै क्षेत्रमा हुने उपनिर्वाचनमा नतिजा आफ्नो पार्टीको पक्षमा आउने नेता थापाले दावी गर्नुभएको छ ।