Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रौतहटमा १२ राउण्ड हवाइ फायर, सुरक्षाकर्मीसहित पाँच जना घाइते

रौतहटमा १२ राउण्ड हवाइ फायर, सुरक्षाकर्मीसहित पाँच जना घाइते

  • बुधवार, चैत्र २९ २०७९

  • 584
    SHARES

  • रौतहटमा १२ राउण्ड हवाइ फायर, सुरक्षाकर्मीसहित पाँच जना घाइते

    काठमाडौं । रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा परेर प्रहरीसहित पाँच जना घाइते भएका छन्।

    गरुडा नगरपालिकाले बेथिती गरेको, भ्रष्टाचार गरेको लगायत आरोप लगाउँदै सूचना माग गरिएको थियो। तर, मागे अनुसारको सूचना नगरपालिकाले नदिएको भन्दै तालाबन्दी र तोडफोड गर्न खोजीपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको रौतहका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनुभयो।

    स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४ राउण्ड अश्रु ग्यास पनि प्रहार गरिएको एसपी बुढामगरले बताउनुभयो।

    झडपको क्रममा एकजना सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शनकारीको तर्फबाट पाँच जना घाइते भएको एसपी बुढामगरले बताउनुभयो।

    मेयर पदका उम्मेदवार दीपक यादवको समूहले विभिन्न सूचना माग्दै धर्ना बसेको थियो। मागेअनुसारको सूचना दिए पनि अगुग भएको भन्दै पुनः सूचना माग्ने र आन्दोलन समेत गर्दै गरेका थिए।

    यता, नगरपालिकाले भने यसअघि नै मागे अनुसारको सूचना दिइसकेको र भोलि बिहीबार सार्वजनिक सुनुवाइ समेत राखेकाले सोही ठाउँमा सबै सूचना दिने बताएको थियो। तर, दीपक यादवको समूहले भने त्यसको विरोध गर्दै प्रदर्शन गरेको थियो।


    बुधवार, चैत्र २९ २०७९०५:२१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij