काठमाडौं. बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ। वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् ।
नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो। निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.९९ प्रतिशत हुनेछ।
संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७.९९ प्रतिशत कायम हुने बताइएको छ। हाल मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ। पछिल्लोपटक यस्तो ब्याजदर १० प्रतिशतभन्दा कम बनाउनुपर्ने माग उठेको थियो।