Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि मतदान सुरु

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि मतदान सुरु

  • बुधवार, चैत्र २९ २०७९

  • 305
    SHARES

  • उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि  मतदान सुरु

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो ।

    कमलादीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी चार बजेसम्म जारी रहने महासङ्घ निर्वाचन समितिले जनाएको छ । यो पटकको निर्वाचनमा ६४ पदका लागि एक सय १७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये ५ जना निर्विरोध भएका छन् ।

    यससँगै ५९ पदका लागि ११२ जना भिडन्तमा छन् । जसमा वरिष्ठ उपाध्यक्षमा तीन जनाको पेचिलो प्रतिस्पर्धा हुँदै छ भने तीन उपाध्यक्षको लागि आठ जनाबिच भिडन्त हुँदै छ ।

    वरिष्ठ उपाध्यक्ष तर्फ तीन जना प्रतिस्पर्धी रहेको कारण यो पटक वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा जाने आकलन गरिएको छ । महासङ्घको चुनावी इतिहासमा पहिलोपटक तीन जना वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका छन् । जसअनुसार उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन् ।

    पहिलो चरनणमा वरिष्ठ उपाध्यक्षको बहुमत नआएमा भोलि बिहान ११ बजेदेखि पुन मतदान सुरु हुने छ ।


    बुधवार, चैत्र २९ २०७९०६:५८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij