Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगारीका लागि फागुनमा मात्र करिब ३७ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि फागुनमा मात्र करिब ३७ हजारले लिए श्रम स्वीकृति

  • मंगलवार, चैत्र २८ २०७९

  • 409
    SHARES

  • वैदेशिक रोजगारीका लागि फागुनमा मात्र करिब ३७ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन महिनामा मात्र वैदेशिक रोजगारका लागि करिब ३७ हजारले श्रम स्वीकृति लिएका छन्।

    चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथा वित्तिय अवस्थाबारे तयार गरिएको प्रतिवेदन अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ। त्यस्तै, सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने १ लाख ९२ हजार ५५९ पुगेको छ।

    राष्ट्र बैंकको सोही प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म ३ लाख १४ हजार ७६७ ले श्रम स्वीकृति लिएका थिए। त्यस्तै, १ लाख ६७ हजार ७०८ ले पुनः श्रम स्वीकृति लिएका थिए।


    मंगलवार, चैत्र २८ २०७९०३:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij